हरदम बढ्नु मेरो प्रकृति हो,क्षण-भरमा बदलिनु मेरो परिचय,
हिजोलाई छाडी, आजको बाटो हुँदै भोलिमा जानु मेरो लय ।
रुप फरक पार्दै परिस्थितिसँग ठोक्किनु मेरो बहाव,
आफ्नो कर्मले त्यही परिस्थिति बदलिने, मेरो प्रभाव ।।
म केही हैन एक दृष्टिले,म ब्रहाण्ड अर्को दृष्टिले,
मेरो क्षमतामै पर्छ सृष्टि रच्ने,मलाई जन्माएको फेरि सृष्टिले।
म तुच्छ कीरा पलमा,पलमा म विराट् वृक्ष ,
पलमा म ब्रहाण्ड त पलमा यसलाई घुमाउने अक्ष ।।
शक्तिको मुहान म नै हुँ, तर उसैको रुपमा अल्मलिने म जति छैन कोही ,
म स्वयं गन्तव्य हुँ, तर ममा आउने बाटो बिर्सिने म जस्तो छैन कोही।
म हर वस्तु, हर प्रश्नले मागेको परिभाषा हुँ,तर म भन्दा ठुलो प्रश्न पनि छैन ,
म हर संकटको समाधान हुँ,नयाँ आयाम हुँ,तर म भन्दा ठुलो संकट पनि छैन।।
बनाउने म, मिलाउने म,बिगार्ने पनि त मै हुँ,
बढाउने म, फलाउने म,अनि माटोमा मिलाउने पनि त मै हुँ ।
म समय हुँ, म प्रकृति, अनि म नै त शून्य पनि,
म विचार हुँ,म आविष्कार हुँ, अनि हर निर्माणको जन्य पनि ।।
Khalti Ko Prasanga
तिमी-पानी
बाहिर हेरेको आज, बेस्सरी पानी परिरहेको देखें,
भित्र हेरेको,तिम्रो मायाको मलाई बानी परिसकेको देखें ।
जति छटपट पानी नपाउँदा माटोले गर्ने गर्छ
त्यति नै छटपट तिमी नहुँदा मुटुले बेहोरेको भेटें ।।
लामो तर्साई पछि बुँदाले धर्ती अगं छुँदा,
जसरी प्रेमको भोगमा झस्किने गर्छे तरंगसित ।
मात्र तिम्रो कल्पनाले मनको दैलो लिप्दा,
बहावको अनुभव रंगिन्छन् अंग-अंगसित ।।
बादलले ढाकेपछि मध्य दिनैलाई निभाइदिने पानीको जोश,
तिम्रो सामिप्यको कल्पनाले मात्र उडिजाने मेरा होश ।
उस्तै उस्तै लाग्छन् यी दुईका गुण-दोषका सार,
एक तिमी नै,जसको सामु नपरि सकल मेरा हार ।।
भीषण गर्जन पछि,अत्तालिएको धर्तीलाई सम्हाल्दै पानी,
उसैका वरिपरी फोहोरा अनि मुस्लो बनी बग्दो पो रहेछ।
एक रुपले तर्साउने अनि अर्को रुपमा हर्ष बनि उदाउने,
उस्तै गुण-दोष लिदैं,हेर, पानी तिमि बनि पो बहेछ ।।

गुनासो ....................
साह्रै बोर पो भयो साथी,आज अफिसमा काम गर्दा,
आफ्नै मुहार नि बिर्सि सकें, कम्प्यूटर हरदम हेर्दा ।
दिमागले कर्मको अर्थ भेट्न छाडिसक्यो,चौतारीमा सुस्ताउन खोज्दै,
भेट्यो चस्माको कैद आँखाले, जो हिड्थ्यो सदा स्वतन्त्रता रोज्दै ।।
थकाईको परिभाषा बुझ्ने प्रयास, चरम सिमामा शरीर छ गर्दै ,
सयौं विषयको भ्रमण गर्ने मन,अझ पनि तर्कको नदी छ तर्दै ।
झट्ट हेर्दा मै जस्तो देखिने मेरो रुप नि आजभोलि थाकेको ,
हाँस्ने चाहना यी ओंठमा अझैं,कामको भारले उसैलाई ताकेको ।।
जे मन पर्दैन त्यही गर्नु पर्ने,मेरो जीवनको अटल सत्य,
थालेपछि सक्काउनै पर्ने,सोच फेरि मै भित्र गर्छ मरि हत्य।
विवशता एकातिर,सफल हुने चाहाना त्यो भन्दा नि विशाल,
मनको एककुनामा जोशको मुस्लो त अर्कोतिर व्यर्थ जल्ने मशाल ।।
यस्तै छन् यी मनका कुरा, जत्ति ताने पनि लम्बिन्छन्,
कर्मका शुरुवात एक सोचमा हुन्छ त अर्कैमा टुग्ङिन्छन्।।
म मात्रै कँहा हो र, हर जीवको यँहा यही छ गति,
कोही देखाउँछन् त कोही लुकाउँछन्,साथी,आ-आफ्नो मति ।।

हिऊँको नाममा
हांगा हांगामा हेर हिंऊ पो झूलेछ,
फूल बनी आज ऊ शिशिरमा नि फूलेछ ।।
लहलहराएका छन् आज हेर ती श्वेत पातहरु,
कि कतै हुन् यिनै मुस्काएका प्रकृतिका दाँतहरु ?
म नियाल्दै छु यो सौन्दर्य, भित्र एक कुनाबाट;
चिसो याम मच्चिदै छ,प्रकृति जित्ने कसको आँट ?
पानीले समर्पण गरिसक्यो,उसको वेगमा जमी,
हिउँ विजयमा थुप्रिदैछ बाहिर अझ रमी रमी ।।
नाग्ङिए कति,गाडिए कति तर प्रकृति रोकिंदैन,
दु;खमा दु:खी बन्ने मात्र हो,दु;ख बोक्न सकिदैन ।।
जमिन माथिका बिरुवा पनि,जमिन मुनि सरि,
दु;खमा नि रम्दै होला,दु;ख सितै मित्रता गारि।।
वसन्त थियो हिजो,आज आएको शिशिर;
बदलाव सत्य छ,मनमा के को लिनु पिर??
सौन्दर्य तत्वको, साधारण मनले कहाँ बुझ्छ?
भित्र मन रम्दा पनि,आँसुले आँखा रुझ्छ ।
फूलेको फूलमा मात्र हैन,सौन्दर्य त डाँठमा पनि रहेछ,
फूल बोक्ने शरीरमा, पर्दा भार बोक्ने सामर्थ नि रहेछ ।।
तह तह परि सके,तर यो त शुरुवातै मात्र अरे !
ठूला ठूला प्राणपनि,आज जमिनमै झरे ।।
नजिकको देख्ने,टाढाको छेक्ने मानवको स्वभाव;
नजिकबाट बग्दै टाढा पुग्ने यही नियम हो बहाव ।।
गु्थ्था बोकीं, कालै आकाश छुने त्यही पनि रुखको कोशिश,
माथि पुग्छ, सधैं उठ्छ, प्रयास छ तर छैन कुनै रिस ।।
आज यो मौसम, भोलि तर फर्कि आउँछ त्यही प्रेम
कतै अध्यारो,कतै उज्यालो, यही समयको खेल।।

भयभीत भाव
आज फेरि बाँच्ने मन बिरानोमा बिलायो,
हेर्दा हेर्दै घाटमा, कसले मेरो शरीर जलायो,
ऋतु परिवर्तन भएसरि वसन्त आउने आश;
शरीर पूरै धुँवा बनाई बिछोडियो मेरो सास ।।
मेरो बियोगमा रोयो कि कोही म जस्तै गारि?
जसरि शरिर यहाँ जल्यो,मन कसैको जल्यो की त्यसै गरि।
प्रकृतिबाट आएको शरिर प्रकृति मै जाँदा पनि कति पींडा,
जन्मसितै जन्मि आएको मृत्युसित किन यति घृणा ?

झगडा पूरानो
पात र हावाको पतझरमा झगडा पूरानो,
हावा गतिमा हराउँछ,ऋतुभर रुख विरानो ।
अंग अंगको झगडामा दिदैं बलिदान
प्रतिक्षामा उभिन्छ, जाडोमा नग्न समान ।।
आफ्नो खानाको स्रोत लुटाएर पनि,
जिवितै रहन्छ मौसमको खेल भनि,
जमिनको साथमा,ऋतुको बेजोड प्रतापमा
हर रुख उभिएकै छ,सूर्यको बदलिदो तापमा ।।
फल उसकै लाग्छ, फूल उसकै फूल्छ
मुना उसकै आउँछ त पात उसकै झुल्छ
प्रकृति बनि आफैं प्रकृतिसितै जुझ्छ,
जति जमिन मुनि त्यति नै आकाशमा पुग्छ।।
त्यसैले त पात र हावाको मीत पनि पूरानो,
समर्पण पात गरि हावामा,रहन्छ रुख विरानो ।।

मेरो दर्शन
नयाँ घर,नयाँ देश,नयाँ समय नयैं छ परिवेश,
नयाँ बन्ने आवेशमा हराएका मेरा भग्नावशेष ।
म खोज्दै छु आफुलाई, कतै हराउँला भन्ने डरमा,
घच्च्याउँदै छु आज,तान्निनछु की भनि लहरमा ।।
स्वयंमा छ आगो,सलाईको लाग्दैन आश,
आफैंले लिएर आएको,आफैं सफल गर्नु छ सास ।
पर छ अन्त्त्य,कहिले खुशी कहिले आँसु कर्मको साटोमा,
लडे बरु उठ्दै जान्छु तर हिड्छु आफै बनाएको बाटोमा ।।

गल्ती
गल्ती,गल्ती,गल्ती
कति कति भए गल्ती,
जानी नजानी गल्तीहरु,
कति कति गल्तीहरु ।।
जानेर गरेका गल्ती
अनि नजानी गरेका गल्ती।
गल्ती नै हुन् आखिर सब गल्ती
मेरा जीवनका अनगिन्ति गल्ती ।।
याद छन् काति,
ती भन्दा बढी बिर्सिएको जति ।
याद भइकन बिर्साइएका झन् कति
खल्ति भरिका मेरा गल्तीहरु ।।
शब्दको गल्ती, अर्थको गल्ती;
वाक्यको गल्ती,सोचको गल्ती;
कर्मको गल्ती, धर्मको गल्ती;
कर्तव्यको गल्ती,बाध्यताको गल्ती;
विवशताको गल्ती,वेवाशताको गल्ती;
चाहानाको गल्ती,वाहानाको गल्ती;
गल्ती,गल्ती मेरा खल्ति भरका गल्ती ।।
अर्थ विहीनका गल्तीहरु
अनि अर्थ पूर्ण गल्तीहरु
गल्ती लुकाइएका गल्तीहरु
मेरा जीवन भरका गल्तीहरु,
खल्ति भरका गल्तीहरु ।।
कति कति भए गल्ती,
जानी नजानी गल्तीहरु,
कति कति गल्तीहरु ।।
जानेर गरेका गल्ती
अनि नजानी गरेका गल्ती।
गल्ती नै हुन् आखिर सब गल्ती
मेरा जीवनका अनगिन्ति गल्ती ।।
याद छन् काति,
ती भन्दा बढी बिर्सिएको जति ।
याद भइकन बिर्साइएका झन् कति
खल्ति भरिका मेरा गल्तीहरु ।।
शब्दको गल्ती, अर्थको गल्ती;
वाक्यको गल्ती,सोचको गल्ती;
कर्मको गल्ती, धर्मको गल्ती;
कर्तव्यको गल्ती,बाध्यताको गल्ती;
विवशताको गल्ती,वेवाशताको गल्ती;
चाहानाको गल्ती,वाहानाको गल्ती;
गल्ती,गल्ती मेरा खल्ति भरका गल्ती ।।
अर्थ विहीनका गल्तीहरु
अनि अर्थ पूर्ण गल्तीहरु
गल्ती लुकाइएका गल्तीहरु
मेरा जीवन भरका गल्तीहरु,
खल्ति भरका गल्तीहरु ।।
कल्पना ।।।।।।।।।।।।।।
जहाँ जहाँ बह्यो बतास, हावाको छाप त्यतै तिर,
घाऊ जता जता लाग्यो, पीडा त्यही अंग निर ।
लागेको न चोट हो, न त कुनै बिझेको छ तीर,
तब पनि मृगतृष्णामा डुबे झैं, क को हो मनमा पीर?
नयाँ मोडसित डर लाग्छ,नौलो बाटोबाट नयाँ भय,
कमजोर म हो की मेरो मन, कसले गर्ने यो तय।
अस्तित्वमा बदलाव हुने हल्का भूकम्प जब चल्छ;
मनमा उभिएका सब कल्पना,अनायासै एकसाथ ढल्छ।।
रगत त्यही छ शरीरमा, सोचमा पनि त्यति छैन अन्तर,
नयाँ परिस्थिति जब जोडिन आउँछन्, भत्कन्छन् सपनाका घर ।
म बादलपरि उड्न चाहन्छु,लाग्छ गुरुत्वार्कषणले मलाई रोक्छ,
आकाशमा बहन नदिई, बरु मेरो बोझ धर्तीले नै बोक्छ ।।
जान देऊ मलाई ए धर्ती, बिन्ती गर्दैछु म आज यहाँ,
आज मर्यादाले रोकेको छ,जिद्दीपन सार्है कठोर पुगाउँछ कहाँ ।
म जन्मेको छु उद्देश्यले; उद्देश्य कहाँ छ मैले नि छैन बुझेको,
मेरो अन्त्य शरीर हैन; अनन्तसित अन्त्य छ मेरो जुधेको ।।
म यस्तो वृक्ष हुँ,जरा धर्तीमा फैलन्छ तर फल जसको आकाश पुग्छ,
म यस्तो समुद हुँ, छाल जसको धर्तीमा उठ्छ,गहिराइले जमिन चिर्छ ।
मलाई पुग्नु छ त्यो अनन्तमा,जहाँ एक नै हो सबको अन्त्य ।
जहाँ कविता भाषा होस्,खुशी आहार अनि जीवन एक सन्त ।।

बलियो छु म
दुख्दैन मलाई शरीरमा लाग्दा,रगत बहिदिन्छ र पो,
आउदैन आँसु कहिल्यै मेरो,गह भरिदिन्छ र पो ।।
बालियो छु म धेरै,बुझ्नेले तोड्ने प्रयास गरिदिन्छ र पो,
अटल छु म सदा,प्रकृतीले यदा-कदा साथ छाडिदिन्छ र पो ।।

Subscribe to:
Posts (Atom)