हांगा हांगामा हेर हिंऊ पो झूलेछ,
फूल बनी आज ऊ शिशिरमा नि फूलेछ ।।
लहलहराएका छन् आज हेर ती श्वेत पातहरु,
कि कतै हुन् यिनै मुस्काएका प्रकृतिका दाँतहरु ?
म नियाल्दै छु यो सौन्दर्य, भित्र एक कुनाबाट;
चिसो याम मच्चिदै छ,प्रकृति जित्ने कसको आँट ?
पानीले समर्पण गरिसक्यो,उसको वेगमा जमी,
हिउँ विजयमा थुप्रिदैछ बाहिर अझ रमी रमी ।।
नाग्ङिए कति,गाडिए कति तर प्रकृति रोकिंदैन,
दु;खमा दु:खी बन्ने मात्र हो,दु;ख बोक्न सकिदैन ।।
जमिन माथिका बिरुवा पनि,जमिन मुनि सरि,
दु;खमा नि रम्दै होला,दु;ख सितै मित्रता गारि।।
वसन्त थियो हिजो,आज आएको शिशिर;
बदलाव सत्य छ,मनमा के को लिनु पिर??
सौन्दर्य तत्वको, साधारण मनले कहाँ बुझ्छ?
भित्र मन रम्दा पनि,आँसुले आँखा रुझ्छ ।
फूलेको फूलमा मात्र हैन,सौन्दर्य त डाँठमा पनि रहेछ,
फूल बोक्ने शरीरमा, पर्दा भार बोक्ने सामर्थ नि रहेछ ।।
तह तह परि सके,तर यो त शुरुवातै मात्र अरे !
ठूला ठूला प्राणपनि,आज जमिनमै झरे ।।
नजिकको देख्ने,टाढाको छेक्ने मानवको स्वभाव;
नजिकबाट बग्दै टाढा पुग्ने यही नियम हो बहाव ।।
गु्थ्था बोकीं, कालै आकाश छुने त्यही पनि रुखको कोशिश,
माथि पुग्छ, सधैं उठ्छ, प्रयास छ तर छैन कुनै रिस ।।
आज यो मौसम, भोलि तर फर्कि आउँछ त्यही प्रेम
कतै अध्यारो,कतै उज्यालो, यही समयको खेल।।
4 comments:
गजवको कविता, लेख्दै जाऊ।
------------------------------
थोरई मात्रा हो भने मात्र यो राम्रो हुँदोहो
धेरैनै खाँदा गुलियो खिर तितोमै गनिदो
झरेको हिउँ वगेको पानी क्षणमात्रै वस्दछ,
प्रकिति यस्तै समयसंगै जुहारी खेल्दछ।
------------------------------
आँखा उघारेर संसार देख्न छाड्नुहुन्न
मनको भाव जसरी नि लेख्न छाड्नुहुन्न ।
Let the world be heaven
No hell
No criminal
No jail
Joy and Peace
No fear
May dream come true
HAPPY NEW YEAR
Let the world be heaven
No hell
No criminal
No jail
Joy and Peace
No fear
May dream come true
HAPPY NEW YEAR
Post a Comment