कसले सुन्छ कानबाट मेरो, कसले हेर्छ आँखाको नानी भित्र-देखि ?
केले पो हो बुझ्ने मन छानी,अनि कसले चलाउँछ दिमागको रेखि ?
मैले गरे जस्तो देखिन्छ संधै, तर विश्वास मेरो गर ,ए साथी!
आँखाले कसरी हेर्ने मलाई आए;निर्भर हुने म थिइन आज चस्मा माथि ।।
दुई कान शरीरमै त छन्,तर ऐना विना यिनलाई चक्षुले कहिल्यै देखिन
कानले वास्तवमा कसरी सुन्ने; त्यो पनि आजसम्म सिक्न सकिन ।
श्रवण शक्तिको शुत्र मात्र आए,आफ्नै मनको वाणी म सुन्थे होला,
तिखो कान बनाई, कयौं समस्यासित सरलै म जुद्धे होला ।।
मनको शुत्र त टाढै मित्र; यसमा त वस मात्र पनि पाए,
आँसु जीवनका सब सुक्थे होलान्, जतिसुकै दु:ख सामु आए ।।
मेरो कसरी भनु म यिनलाई, जब मलाई यिनको सच्चा ज्ञान नै छैन ।
बुझ्ने चाहना धेरै छ, तर कसरी अघि बढ्ने केहीं अनुमान नै छैन ।।
Khalti Ko Prasanga
शरीर-आत्मा
शरीरको बाटो अलग, आत्माको बाटो अलग्
दुई मिले पछि मात्रै फेरि उज्यालोको झलक् ।
आत्माले शरीर धर्छ आफूलाई चिन्न भनि,
तर शरीरको चमकमा बिर्सन्छ आफू भिन्न भनी ।।
नाक,मुख,आँखा,कान,दिमाग अनि मन
यिनैलाई मानी उसले सुन,चाँदी धन् ।
अलमलिन्छ ऊ वर्षौ; चडक भडकको संसारिक लोकमा,
शरीर छुट्दै जादाँ,छटपटाउँछ अविरल प्यास र भोकमा।।
ए मानिस सुन ! तिमीले शरीर धर्ने हो,
शरीरले तिमीलाई कदापि हैन।
शरीर आत्माको मार्ग अवश्य हो,
यो मार्ग बाहेक, उद्दार गर्ने अर्को साथी छैन।
साथी हो शरीर तिम्रो,तर सत्य बोधविना ऊ पनि खोटो ,
उसैमा नभूल तिमी,उसको साथ पनि छ छोटो ।
उसको राम्रो साथी बन,तर फेरि दास हैन।
ऊ केवल मार्ग हो, तर उसमा गन्तव्य छैन ।।

जीवन कथा
बादलु यो आकाशको मुनि, कथा अनगिन्ति कोरिए
कतै मायाको बहावमा त कतै बिछोडमा भावना घोरिए ।।
कथा मेरो पनि हजारौं छन् यो मनमा उठेका, यो वर्षात् सित,
उन्माद मेरा पनि धेरै छन् बसेका, बनी जीवनका प्यारा मीत ।।
म सोच्छु जीवन केलाउन,अनि पाना पल्टाउन थाल्छु उसका,
कति तीता, कति मीठा भावनाको परि म बसमा ।
खोला बहन्छ आफ्नै बाटो,ऊ सितै बहनु एक उपाय ।
जीवन हिड्छ आफ्नै गति, जीवनको र मेरो फरक मनसाय ।।
मेरो सोच पहाडको टुप्पोमा पुगि छ रोक्किनू ।
उसको सोच, पहाडकै चुच्चोबाट गर्जिदैं बगिदिनू ।।
मेरो सोच, भींड माझ पनि छुट्टै बनी चिनिनू ।
उसको सोच समुद्रमा मिसिई, समुद्र बनीकन बहनू ।।
अलग अलग गुणका तत्व, मानिस र जीवन
प्रकृतिले एकै डुङ्गामा हाली उतार्यो भवसागरमा,
यही डुङ्गाको यात्रा मेरो पनि कथा बनी कोरियो छातीमा ।
कथा तिनै उठे आज फेरि,अनगिन्ति कथाको ताँतीमा ।।

मेरो अवस्था
म मेरो सोचको कैदी हुँ
सोचमा मेरो; मलाई बदल्ने शक्ति छ।
म मेरो विचार स्वयं हुँ
विचारमा मेरो; मलाई ढाल्ने शक्ति छ॥
मेरो सामु खुल्ला आकाश ,
तर पलमै मेरो डरले पर्खाल ठडाउन सक्छ ।
मेरो सामु समुद्रको बहाव
तर मेरो शंकाले यी सब पानी सुकाउन सक्छ ॥
म सूर्यको सामुन्ने न्यायो तापमा,
तर मेरो डाहले रात बोलाउन सक्छ।
म वसन्तको मध्यमा बगैंचामा रम्दै,
तर प्रकृतिको मायाले म मुनि हिउँ जमाउन सक्छ ॥
जति राम्रो मेरो एक छेऊ; त्यति नराम्रो अर्को छेऊ ,
विना नराम्रोको राम्रो छैन, समुद्रमै जम्छ लेऊ ।
म भित्र हरक्षण भौतिक म र आध्यात्मिक मको युद्ध छ
अनि आजभोलि 'आध्यात्मिक म' थकित त 'भौतिक म'ऋद्ध छ ॥

आध्या
पहिलो अन्न तिम्रो जीवनको,आशीश बनी तनमा बहोस्
खुशीको यो सुन्दर अवसर,अमर बनी सब मनमा रहोस् ।।
नामै तिम्रो आध्या,पहिलो शक्ति बनी लोकैमा छाउनू ।
अन्नप्राशनको यही छ आशीश, चाहेको हरेक खुशी पाउनू ।।

सत्य ?
कथाको जति नै बदलिउन् अध्यायहरु,
सार बदलिए कथा भट्किने पो रहेछ ।
व्यथाको जति नै बदलिउन् पाटाहरु,
उपचार नबदलिए घाऊ चर्किने पो रहेछ ।।
'समय' बदलावको पो मात्र आफ्नो रहेछ,
हामी त उसैका पर्यटकहरु खालि ।
आयो, घुम्यो, दुई चार तस्विर लियो,
जाने बेलामा सम्झना मात्र झोलामा हालि ।।
अलिकति जीवन रसिलो बनाउने प्रयास,
अलिकति जीवन चम्काउने सबको आश ।
मान्छेको रुपमा खटाइएको हामी सब काम-दार,
खुशीको बेला जीवन दुई दिनको; आँशुमा चार ।।

याचना
साथ तिमीले मेरा नदिए, अरु कसले नै दिन्छ र?
सूर्यै नउदाई बिहानी कसरी पो हुन्छ र?
हात तिम्रो हातमा नपरी मेरो, शुरु हुन्न कर्म ।
ओखती विना कसरी सकिन्छ र भुल्न मर्म ?
तिमीले नबुझे मेरो मनको बह अरु कसले बुझ्छ ?
मुलै नफुटी पानीको बह कहाँबाट पो उठ्छ ?
तिमी नै धामी, तिमी नै धन्वन्तरी मेरा निमित्त ।
तिमी नै मुटु, तिमी नै सोच, तिमी नै चित्त ।।
तिमी नरहे मेरो कथामा,भविष्य मेरो कसरी बन्छ ?
प्रीति लाएर पनि त्याग्यौ भनि लोकैले भन्छ ।
नसुने मेरो पुकार तिमीले,अरु कसले वाणी यो बुझ्छ ?
मुलै नफुटी पानीको बह कहाँबाट पो उठ्छ ?
आँखाको सपना, हामीले नकोरे, कसरी पो बन्छ र ?
कोरेको आफ्नो सपना, परायाले देखोस्, कसले नै भन्छ र?
हात तिम्रो, हातमा मेरो नरहे, कोशीसको अर्थ रहन्न ।
हात तिम्रो, हातमा मेरो रहे, कुनै कोशीस व्यर्थ बहन्न ।।
तिमीले नदेखे यो ह्रदयको छटपट, अरु कसले नै देख्छ ?
आई तिमीले नरोके, आँखाको समुद्र हरपल नै बग्छ ।।
नबुझे मेरो माया तिमीले, अरु कसले पो बुझ्छ ?
व्याकुल शिशुसरि, मन मेरो, तिमीविना क्षण क्षणमा रुन्छ ।
साथ तिमीले मेरो नदिए, अरु कसले नै दिन्छ र?

दशैं आयो
दशैं आयो,दशैं आयो,सपना र याद मनमा फेरि पनि बही आयो।
दशैं आयो, खाउँला पिउँला कहाँ पाउँलाको लय औंला हुँदै लहराइ आयो।।
अझपनि मेरो मन त्यही चंगासितै दशैंको नाममा उड्ने गर्छ ।
चचहुँइ,चचहुँइको आवाज यी मन हुँदैं मुटुमा अझै ढकढकाउने गर्छ।।
घटस्थापनामा रोपिने जमरासितै अझै मनमा दशैंको सुवास रोपिन्छ ।
दक्षीणाले के-कति गर्ने भन्ने उमंगले हेर अझै मन छोपिन्छ ।।
त्यो स्वाद अझै जिब्रोमा ताजा छ जब कबाबको सुवासले मुख रसाउथ्यो ।
त्यो आभास उही छ जब बिहानीको पारिलो घाममा मधुर हावा बहन्थ्यो ।।
के बदलियो भनूँ खै जब मेरो मनमा ती आभास उही नै छन् ?
चार वर्ष पछिपनि ती वातावरण जस्ताका तस्तै यही नै छन् ।।
दुनियाँ जाओस् जहाँसम्म;समय बदलियोस् जति नै यहाँ ।
बारीमा म्याँ म्याँ सुन्दा दौडिंदै झ्यालमा पुग्ने म उही;पुगूँ चाहे जहाँ ।।
कति दक्षीणा पाएँ भन्दै;उत्सुकतामा खामभित्र चियाउने म उही छु।
अझै पनि मन मनमा चंगातिर मन उडाउने म त्यही नै छु ।।
उस्तै रुपमा देवी देवताको मन्दिर पुगी;मनले आशीस माग्ने ।
उहि छु आज पनि कहिले दशैंको छुट्टी आउँला भनि ताक्ने ।।
शुभकामना फेरि पनि यो दशैंको;सारा खुशी यसले फेरि लिएर आओस्
धेरै धेरै शान्ति,सद्-विचार, सद्-संगत,सद्-मार्गले जीवन समाओस्।।
नयाँ नयाँ खुशी ल्याओस्;पुरानोको स्वाद अनि आफ्नोपन नर्बिसाइकन ।
शुभकामना फेरि सबै माझ;खुशीयालीले भरियोस् हर नेपाली मन ।।

लोग्ने
कति गाह्रो नाता हो यो;कस्तो जटिल शब्द यो-लोग्ने,
अलग शरीर,अलग सोचको साथ रही;दु:ख सुख भोग्ने ।
शब्द शब्द केलाउने बानी मेरो,शब्दलाई पाथीमा बोक्ने उनको,
भूत लेख्दै अमर बनाउने मेरो प्रयास,लेखै नपढ्ने स्वभाव उनको ।।
धेरै नजिकिंदा यो पनि बिर्सिइदो रहेछ;मानिस दुई नै हो भनी,
बेला बेलामा स्वत: प्रकृतिले सम्झाउँछ शरिरको गोटा गनी ।
म भन्छु यो ठीक,तब स्वत: अर्को छनोट निकाल्छन् उनी,
कहाँ कहाँ अलि कम जानेकै छु मैले;यही सोचले चलाउँछन् जुनी ।।
माया गर्छन्,विचार गर्छन्,खुशी चाहन्छन् यो हो साँचो ,
तर त्यो सितै अपेक्षा ठूलो लिई धर्तीकै उनलाई खाँचो ।
पुरुष स्वभाव प्रशंसनीय, शक्तिवान,सजग अनि अ-टल,
तर विड्मवना बुझ्दैनौ; तिमीसित नारी गुणको छैन हल।
उल्टो सोचले ग्रसित ठान्छौ;दुई सोचको अलगपन बुझ्दैनौ,
म एक माटोले बनेको,तिमी अर्कैको;दुई शरीरले एकै सोच बोक्दैन।
म भन्दा जान्ने छौ कत्ति कुरामा; कतिमा म भन्दा राम्रा पनि,
तिम्रो जस्तै मेरो पनि सपना छन्;अनि त्यति नै हाम्रा पनि ।।
म बुझाउन खोज्छु; सोच्छौ म प्रयास गर्दैछु सिकाउने,
सोच्छौ ;म सबलाई भन्दै हिड्छु;तिमी मात्र गर्छौ लुकाउने।
नजिक आँउदा ठक्कर लाग्छ;टाढा जाँदा पनि एक्लोपनको घाऊ,
सही दुरिमा बस्नु नै उत्तम;आफ्नो घेरा भित्रै राखी पाउँ ।।
दोष ममा नभएको हैन;लेख्दैनौ र मात्र, नभए मेरोले त कथै बन्ला,
म आफूले आफू देख्दिन;सायद तिम्रो मनले मेरा खराबी भन्ला ।
मनले हैन,ज्ञानले। अब तिमीलाई अध्ययन गर्ने क्रम गर्छु शुरु ,
शिष्य म बन्छु, विषय वस्तु तिमी;अनि समय रहोस् गुरु ।
अवधि उमेर भरको;उपलब्धि होला 'सायद' सफलताको,
अब पढ्नै पर्यो; परिश्रम अनि युद्ध यो स्व: हकको ।
ठूला ठूला योगी अनि ऋषिले पनि हातै नहालेको यो विषय,
अध्ययन शुरु गर्नै पर्ने समयले थमायो आषय:
..................... मेरो लोग्ने-मेरो विषय ।।

अर्को प्रश्न
मनमा आज 'ताल' छाएको छ,
मन्द मन्द हावासितै; वसन्त पलाएको छ।
वर्षौ पछि आज शान्तिको आकाश छाएको,
कत्ति छट्पटि अनि आँसुपछि यो बिहानी पाएको ।।
शक्तिको पराकाष्टामा भन्दा शान्तिको झझल्कोमा,
खुशीको बास हुने रहेछ सन्तुष्टिको साहारामा ।
शान्ति मागेर हैन, खोजेर हैन, लिएर पो बन्दो रहेछ,
वाणीले भनेर हैन, सुनेर हैन,बुझेर पो तथ्य बोल्दो रहेछ ।।
परिस्थिति उही;समय उही तर ह्रदयको आफ्नो संसारमा,
आफ्नै मौसम,आफ्नै वातावरण र आफ्नै नाट्य रहन्छ ।
जतिसुकै बदलियोस् समय,जतिसुकै अलगियोस् चाहना ,
ह्रदयको बहाव आफ्नै अन्त्यतिर हरदम बहन्छ ।।
म बदलिएको छु;परिस्थिति हैन,समय हैन,आधार हैन,
तर बदलाव हो म भित्रको सोच,जोश र दरिलो साथको ।
म समालिएको छु,धनले हैन,नाताले हैन,अवस्थाले हैन,
तर समेटिएको छ, ज्योति,शक्ति अनि सोच माथको ।
किनारा त पाइला पिच्छे नै छन्,तर मेरो खोज त्यो अन्त्यको,
जँहा साँच्चै नै समापन हुन्छ; त्यो समुद्री गन्तव्यको ।
शुरु र अन्त्य विना केही नहुने;ज्ञान भन्छ यही हो सत्य,
कँहा छ यसको शुरुवात, कँहा हो अन्त्य; खै खुलेको यो तथ्य?
शान्त मनको तालमा डुब्दा यदा कदा यसरी,
कौतुहलताको हजारौं बादल उमड्डिन्छन्,वर्षा खोजे जसरी।
ज्ञान, बोध र अनुभवको रसले कहिले होला मन मेरो पूर्ति?
अरु कसलाई सोधूँ, प्रश्न भरिएका आँखाले हेर्छु,उही परमात्माको मूर्ति ।।

Subscribe to:
Posts (Atom)