खोला नालालाई पहिले दुषित गराई,
फेरि प्रशोधनको नाममा;
तिनमा रसायन डुबाई ।
'सोडा' ले भरिएको पेय पदार्थ बनाई,
खिल्ली उडायौ मान्छे, तिमीले प्यासको;
हर घुट्कोमा अवधि घटाई आफ्नो सासको ।।
बिगार्छौ तिमी, अनि बनाउने प्रयासमा गर्छौ व्यापार।
रोग दिन्छौ, औषधी निकाल्न ।
औषधी दिन्छौ, नसोचेको प्रभाव निकाल्न ।
जीवन-चक्र भित्र तिम्रा यस्ता अनगिन्ति चक्र ।
यी चक्रले नै, मानिस सब एक अर्कासित वक्र ।।
No comments:
Post a Comment