क्षमा- अर्थात् क्षयबाट बच्ने द्वार ।
स्वयंको क्षय! शान्तिको क्षय।
क्षमा वस्तु हैन, क्षमा वाणी हैन।
क्षमा द्रव्य हैन, क्षमा अणु हैन ।
क्षमा एक भावरुपी प्रकाश,
ह्रदयबाट निकाली शक्ति संचय गर्ने प्रयास ।।
क्षमा संसारबाट मुक्ति पाउने पथ हो,
क्षमा घाऊ लागेको बेला धन्वन्तरीसम्म पुग्ने रथ हो ।
क्षमा रित्तिएको बेला आश्रय लिने धन हो ।
क्षमा- अलौकिक दिव्य गुरुहरुको मन हो ।।
क्षमा नै भवसागरबाट उम्कने मलम,
क्षमा नै नयाँ शुरुवात कोर्ने कापी र कलम ।
क्षमा नै हर खाडल पुर्ने गुणकारी मिश्रण।
क्षमा नै परम् आत्माको निश्चल अन्तस्करण ।।
क्षमा पनि टुसा सरि बिस्तारै उम्रन्छ,
क्षमा पनि विरुवा सरि बिस्तारै फस्टन्छ ।
धेरै प्रयास पश्च्यात्, क्षमा पनि एकदिन-
वृक्ष सरि छायावान् बनि फैलिन्छ ।।
क्षमा व्यक्तिलाई मात्र हैन,
परिस्थिती र समयलाई पनि देऊ ।
हर कठोर विवशताको माझ,
क्षमा शास्त्र मनमा लेऊ।।
No comments:
Post a Comment