मासु-भात भन्दा मीठो; बाहिरको 'चिकेन -नगेट्' ।
बट्टाको जुस सजिलो, फलफूल चपाउन मरिमेट् ।
घरका केटाकेटी मीठो मान्छन् केवल 'ससेज' अनि 'बर्गर' ।
दाल भात प्रेमीले बुझ्न सकिएन यो 'जंक' रहर ।।
कालो दाल-भात, रायोको साग। छेऊमा धनियाँ पिनेको अचार ।
मुखै रसाउँछ आफ्नो, जब यो पकाउने मात्र आउँछ विचार ।
आजकालका केटाकेटी नाक खुम्चाउँछन् ; 'खै त हाम्रो खाना भनी?'
'जंक-फुड' बाहेक अरु खानै हैन। लौन ! कस्तो यो दुश्मनी ?
दिनभरिको थकावट पछि कामबाट घर छिरेको,
काँधमा 'स्ट्रेस' र महत्वकांक्षाको भार बोकेको ।
भात-दाल पस्की दिंदा छोराछोरी हर रात बिगार्छन् 'मुड'
कत्ति मै मात्र पीर बोक्नू ? लौ खाओ 'जंक-फुड' !
No comments:
Post a Comment