Khalti Ko Prasanga

बिदाई

शरीर के हो र? जलेपछि खरानी बन्ने एक साधन न हो ।
सास सँगको वियोग पश्रात् त केवल शव न हो ।
चिताको आगोमा दन्कीएर बल्ने एक मूढो सरि  त हो
अनि खरानीमा परिणत भए पश्रात् बेरंगी माटो न हो ।।

जब शरिर  चितामा पड्कन थाल्छ, तब चित् 'अन्त्यको' बुझ्छ अर्थ,
जसको निम्ति जीवन युद्धभूमि बन्यो, त्यो कति रहेछ व्यर्थ ।।
हर-दिन यसै गरि चितामा बरु अहंकार जलाएको भए,
आज अन्त्य केवल अन्त्य नभई सत्यको साक्षात्कार हुने थियो ।।

मेरो युद्ध मेरो शरीरको अस्तित्वसित थियो, मेरो मनको बेढंगीपन सित थियो।
मेरो युद्ध मेरो जडसित थियो, मेरो आफ्नो भावनाको कण कणसित थियो ।।
तर सुल्झाउनु पर्ने गाँठो लिएरै,  म चितामा पल्टनू पर्ने विवशता आयो ।।
सुस्ताउनू पर्ने बेलामा हेर,  लपिटिएर दन्कनू पर्ने अवस्था आयो ।।


के को निम्ति ? यो प्रश्नको उत्तर अझ  मेरो  चित् ले भेटेन ।
आफ्नो तर्कले विचार ग्रसित ह्रदयलाई सान्त्वना दिएन ।।
 नँया प्रयासको अनौठो मार्गतिर फेरि धक्केलिएको भानका साथ ।
अब बिदा देऊ नयाँ यात्रा तर्फ, सानो प्रेमरुपी सम्मानका साथ ।।