Khalti Ko Prasanga

फूल

कसले भर्यो यी फूलमा रङ्ग?
नीलो, रातो यिनका अंग।
लहलह हावामा यी झुम्छन्
खुशीले भँवरालाई चुम्छन् ।।

कसले भर्यो यी फूलमा सुगन्ध?
छर्छन् सुवास यी मन्ध मन्ध ।
बोटमा हुन्जेल सबको मन हर्छन् ।
अन्तिममा प्रभुको चरणमा पर्छन् ।।

कसले भर्यो यी फूलमा कोमलपन?
स्पर्सले नै बन्छ आनन्दमयी मन।
नरमपनमा ह्रदय पग्लेर मिसिन्छ ।
फूलको सौन्दर्यमा ढुङ्गै पनि पग्लिन्छ ।।

मेरो नमन

शरीर च्याति जन्म दियाै, त्यो पनि मुस्कानको साथ,
छाती दुखाएर आहारा दियाै, त्यो पनि शीरमा राखी हात ।
मेरो हरेक गल्तिलाई मेरो अभ्यासको पाठ बनायौ,
मेरो मुर्खाईंमा पनि तिमीले मेरो  हात सधैं नै समायौं ।।

म भावनाको वेगमा बगी छटपटाउँथे,
तिमीले मलाई ती भावना लयमा पोख्न प्रेरित गरायौ ।
म समाजको नियमको भारमुनि  थिचिन लागेको अनुभव गर्थें ,
तिमीले मलाई ती भारलाई प्रयोग गरी यी काँध मजबुत गर्न सिकायौं ।।

म भित्र एक किसिमको व्याकुलता सधैं हुन्थ्यो,
तिमीले मेरो व्याकुलतालाई नै मेरो मार्ग-दर्शक  भनि चिनायौं ।
चाहानालाई संकल्प  अनि संकल्पलाई सत्य,
कसरी बनाइन्छ भन्ने एक गहन पाठ तिमीले सिकायौं ।।

प्रेरणा बन्यौ कहिले मेरो लागि, त  कहिले बन्यौ मित्र
गुरु बनी तिमीले सदैव गर्यौ, अवलोकन म भित्र ।।
तिम्रै अंश हूँ म, तैपनि तिमी विना सधै अधुरो  छ यो मन ।
जन्म दिनको शुभकामनाका साथ तिमिलाई छ मेरो नमन ।।

२०१९-०२-२६