Khalti Ko Prasanga

मेरो नमन

शरीर च्याति जन्म दियाै, त्यो पनि मुस्कानको साथ,
छाती दुखाएर आहारा दियाै, त्यो पनि शीरमा राखी हात ।
मेरो हरेक गल्तिलाई मेरो अभ्यासको पाठ बनायौ,
मेरो मुर्खाईंमा पनि तिमीले मेरो  हात सधैं नै समायौं ।।

म भावनाको वेगमा बगी छटपटाउँथे,
तिमीले मलाई ती भावना लयमा पोख्न प्रेरित गरायौ ।
म समाजको नियमको भारमुनि  थिचिन लागेको अनुभव गर्थें ,
तिमीले मलाई ती भारलाई प्रयोग गरी यी काँध मजबुत गर्न सिकायौं ।।

म भित्र एक किसिमको व्याकुलता सधैं हुन्थ्यो,
तिमीले मेरो व्याकुलतालाई नै मेरो मार्ग-दर्शक  भनि चिनायौं ।
चाहानालाई संकल्प  अनि संकल्पलाई सत्य,
कसरी बनाइन्छ भन्ने एक गहन पाठ तिमीले सिकायौं ।।

प्रेरणा बन्यौ कहिले मेरो लागि, त  कहिले बन्यौ मित्र
गुरु बनी तिमीले सदैव गर्यौ, अवलोकन म भित्र ।।
तिम्रै अंश हूँ म, तैपनि तिमी विना सधै अधुरो  छ यो मन ।
जन्म दिनको शुभकामनाका साथ तिमिलाई छ मेरो नमन ।।

२०१९-०२-२६




No comments: