Khalti Ko Prasanga

अजन्मा भावना

 खोलि राखेको कलम मसी सहित सुकेछ,

पल्टाई राखेको पाना कचक्कै खुम्चेछ ।

भावनाका वर्षा बारबार चुकेछन् ।

शब्दको पहिरन विना; भावना मनमै लुटिएछन् ।।


जन्म हुनु अघावै, शरीर चोरिएको अवस्था,

मेरा अजन्मा भावनाहरुको; तीतो व्यथा ।

निस्कन खोज्छन् एक रुपमा, 

पोखिन्छन्  बेसुरमा ।।

उमडिन्छन् , छटपटिन्छन् , घचेेटिन्छन्  ।

भित्र भित्र  व्यथामा लट्पटिन्छन् ।।


शरीर नभेटि, प्रेत बनेको;

विचारको वायुमण्डलमा चाहार्ने  भूत ।

मेरै पछाडी छाया बनी लागेको,

माग्छ बारबार ब्याज सहित सुद ।।











No comments: