युद्द


मातृत्वको संर्न्दभमा आँखै मात्र उठें पनि,
भूत र भविष्य दुवै मेरो हातबाट छुटें पनि ।।
वर्षे खोला झैं उर्लेर आँउछु, गाँऊ नै डुब्ने गरि
विनाशको गीत म गाँउछु, ठीक बेठीक भुल्ने गरि ।

दुख्ने घाऊमा औषधी लगाउँदा  पनि पोल्छ,
व्यक्तिगत चुट्किलाले विषै मात्र घोल्छ ।।
मैले हाँस्न भुलेको  भने कदापि पनि हैन ,
तिमी ममाथि हाँस्छौं, मैले हाँस्ने कुरा देखेकै छैन ।।

एक हातमा सम्झौता त एक हातमा भाला लिएर  ओर्लिए,
चाहे असल भन, चाहे खराब । उद्देश्यमा अब घोर्लिए ।।
आफ्नो सुविधा क्षेत्रबाट धेरै बाहिर अब निस्केर ,
आफ्ना अभिमानहरु सबैलाई सडकमा पस्केर ।।

जे जति आज सम्म जानेको थिए, जे जतिलाई मानेको थिए,
विधवाले सरि ती सब आफ्नो शरीरबाट एक पछि अर्को उतारी ।
केवल विश्वासको पोतैमात्र धरेर आफ्नो  रित्तो कण्ठमा ,
रित्ताउँदै छु म स्वयंले यति वर्ष लगाई भरेको भकारी ।।


 मकहाँ आयो परिस्थिती, मैले उसलाई अंगाले ह्रदय खोलेर ,
कति पूराना कुरा दबाई त कति घाऊलाई भुलेर ।।
परिस्थिति अब गर्न खोज्दैछ मेरो भविष्य निर्धारण,
मेरो परिवार र मेरो अस्तित्वको गरिकन समापन ।।

अहँ ! अब पुग्यो। अब धेरै नै हुने गरि पुग्यो ।
यो वर्षामा बाँध जति अब सबै टुट्यो ।।
मेरो जीवनको धागो अब राख्छु केवल मेरो हातमा ।
म अघि बढें; अब संसार हिंड्छ मेरो साथमा ।।

परिस्थिती बनाई अब फ्याँक; तिमी  चाहे जुनै जाल ।
एक हातमा ज्ञान रुपी मस्तिष्क त अर्कोमा विश्वासको ढाल ।।
युद्द भुमिमा म पनि ओर्लि सकें, अब म कमजोर हैन ।
म सत्यमा, सत्यको लागि लड्छु; छल मेरो रगतमा छैन ।।

No comments: